रिमालका नाटकमा द्वन्द्व

Authors

  • लालमणि पोख्रेल गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस,पोखरा Author

Keywords:

नाटकीय द्वन्द्व, मातृत्व, यौनशक्ति, द्वन्द्व, लैङ्गिक, आत्मिक र दैहिक प्रेम, कामुकता, सत् र असत् वृत्ति, वर्गीय द्वन्द्व

Abstract

प्रस्तुत आलेख रिमालका नाटकमा आयोजित द्वन्द्वविधान केलाउने सन्दर्भमा तयार पारिएको हो । रिमाल नेपाली नाट्य साहित्यका आधुनिक कवि तथा नाटककार व्यक्तित्व हुन् । नेपाली कविता विधामा गद्य शैलीको आमन्त्रण गरेका रिमालले नेपाली नाट्य साहित्यमा नारीसमस्यामूलकता र यथार्थवादी चेत भियभयाए । रिमाल आफ्नो समयमा परम्पराभन्दा अलिक भिन्न व्यक्तित्व लिएर देखा परेका साहित्यकार हुन् । यिनले नेपाली नाट्य साहित्यमा नारीसमस्यामूलकता आमन्त्रण गर्दै नेपाली नारीहरूलाई पुरुषहरूको स्वेच्छाचारिता र उनीहरूमा निहित कामुकताका विरुद्धमा विद्रोह गर्न लगाए । पुस्तकालयीय अध्ययनमा आधारित प्रस्तुत अनुसन्धानमा रिमालका मुख्यतः मसान र अंशतः यो प्रेम नाटकमा निहित द्वन्द्वको आयोजनलाई केलाउने यत्न भएको छ । रिमालका नाटकमा निहित द्वन्द्व विधानका बारे जिज्ञासा राख्ने अध्येताहरूलाई बौद्धिक खुराक प्रदान गर्ने लक्ष्य स्वरूप प्रस्तुत आलेखको तयारी गरिएको हो ।

Downloads

Published

2023-11-22

How to Cite

रिमालका नाटकमा द्वन्द्व. (2023). GMMC Journal of Interdisciplinary Studies, 8(1), 97-142. https://gmmcjournal.edu.np/index.php/journal/article/view/46

Similar Articles

You may also start an advanced similarity search for this article.