नेपालमा विश्वब्यापिकरणको प्रभाव : अवसर, चूनौति र भावी दिशा

Authors

DOI:

https://doi.org/10.3126/jis.v15i1.96520

Keywords:

भूमण्डलीकरण, आर्थिक उदारीकरण, वैदेशिक लगानी, विप्रेषण, अन्तर्राष्ट्रिय व्यापार

Abstract

पृष्ठभूमि : विश्वब्यापिकरण समकालीन विश्व एकिकरण तथा विकासको महत्वपूर्ण प्रक्रिया तथा रणनीति एवं आर्थिक वृद्धि र विकासमो इन्जिन हो । विश्वब्यापिकरणको सन् १९८० देखि चर्चा भएपनि यसको सुरुवात १३९ BC पहिलादेखि ६४०० किमी सिल्क रोड मार्फत सिल्क ब्यापारबाट भएको मान्न सकिन्छ । यो विश्व एक ग्राम अवधारणा हो, जसले राष्ट्रहरूबीचको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा प्राविधिक अन्तरसम्बन्धलाई तीव्र बनाएको छ । आर्थिक उदारीकरणपछि नेपाल पनि यस प्रक्रियाको अभिन्न हिस्सा बनेको छ । यस अध्ययनले विश्वब्यापिकरणका नवीनतम प्रवृत्ति तथा नेपालमा त्यसका प्रभावहरूको विश्लेषण गर्ने उद्देश्य राखेको छ ।
अध्ययन विधि ः प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको वर्णनात्मक तथा विश्लेषणात्मक अनुसन्धान हो । अध्ययनका लागि पुस्तक, अनुसन्धानात्मक लेख, सरकारी प्रतिवेदन, नीति दस्तावेज तथा अन्तर्राष्ट्रिय संस्थाका प्रकाशनलगायत द्वितीय स्रोतहरूबाट तथ्य तथा सूचना सङ्कलन गरी विषयगत विश्लेषण विधिको प्रयोग गरिएको छ ।
नतिजा : अध्ययनले विश्वब्याकरणका कारण पर्यटन, वैदेशिक रोजगारी,पूर्वाधार, अन्तराष्ट्रिय ब्यापार,बैँकिङ्ग प्रतिस्पर्धा लगायतमा सुधार आएको देखाएको छ । यद्यपी १५ खर्बको ब्यापार घाटा,प्रतिभापलायन,२५ प्रतिशत कृषियोग्य जमिन बाँझो हुनु, आधारभूत खाद्यान्नमा परनिर्भरता बढ्नु, उत्पादनमूलक उद्योगमा संकुचन आएकोले सुधार गर्न अवलम्बन गर्नुपर्ने उपाय बारेमा नीतिगत सुझाव प्रदान गरिएको छ ।
निष्कर्ष ः भूमण्डलीकरण नेपालका लागि अवसर र चुनौती दुवैको स्रोत बनेको छ । यसको लाभलाई अधिकतम उपयोग गर्न उत्पादनमूलक क्षेत्रको विकास, निर्यात प्रवद्र्धन, मानव पूँजी सुदृढीकरण तथा प्रभावकारी नीतिगत व्यवस्थापन आवश्यक देखिन्छ ।
नवीनताः प्रस्तुत अध्ययनले विश्वब्यापिकरणका आर्थिक पक्षमा मात्र सीमित नरही आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा प्राविधिक आयामहरूको एकीकृत विश्लेषण गर्दै नेपालको समग्र अनुभवलाई समेट्ने प्रयास गरेको छ ।

Downloads

Published

2026-07-03

Issue

Section

Articles

How to Cite

नेपालमा विश्वब्यापिकरणको प्रभाव : अवसर, चूनौति र भावी दिशा. (2026). GMMC Journal of Interdisciplinary Studies, 15(1), 185-209. https://doi.org/10.3126/jis.v15i1.96520

Similar Articles

You may also start an advanced similarity search for this article.