पूर्वीय दर्शनको आधार पुराण र गीताः समलोचनात्मक प्रस्तुति

Authors

  • रामप्रसाद सुवेदी पृथ्वीनारायण क्याम्पस, पोखरा Author

Keywords:

दर्शन, पुराण, गीता, द्वन्द्व, समुन्द्र मन्थन, सतीप्रथा, मनुस्मृति, विभेद

Abstract

पूर्वीय दर्शनलाई थोरै भए पनि केलाउने ध्येयले उपरोक्त शीर्षक राखेर लेखिएको यो लेखको मुख्य उद्धेश्य पुराण र गीतामा आधारित पूर्वीय दर्शनको केही लेखाजोखा गर्नु हो । द्वितीय तथ्यांकको रुपमा भगवान प्रदत्त भनाइ र अन्य विज्ञहरुबाट लेखिएका पुस्तकहरुबाट आवश्यक तथ्यांक लिएर साथै विभिन्न विज्ञका भनाइ, लेख तथा रचनालाई केलाएर यो लेख तयार गरिएको छ । पूर्वीय दर्शनमा कतिपय प्रथा, चलन यस्ता देखिए तिनले लामो समयसम्म निरन्तरता पाए जसले गर्दा जातीय र लैङ्गिक विभदको सुरुवात भयो यसले पूर्वीय समाजको
विकासमा अवरोध ल्यायो । पाश्चात्य दर्शनभन्दा पुरानो पूर्र्वीय दर्शन अहिले विश्वभरिका अध्येताहरुलाई कौतुहलता र जिज्ञासाको मार्ग बनेको छ तर पूर्वको सती प्रथाले ल्याएको लैङ्गिक विभेद, मनुस्मृतिको जातीय विभेद समाज विकासका वाधक देखिए । पुराण कालिन द्वन्द्वको इतिहासले नवपिँढीको चेतनामा नकारात्मक सोचको सृजना गर्ने भएकाले सकारात्मक सोचको निर्माण गर्ने पूर्वको महत्वपूर्ण आदर्श निर्माणको ग्रन्थ गीतालाई विद्यालय तहबाटै प्रचार प्रसार गरी नवपिँढीमा यसको चेतना फैलाउनु उपयुक्त हुने यो लेखको निश्कर्ष रहेको छ ।

Downloads

Published

2023-11-22

How to Cite

पूर्वीय दर्शनको आधार पुराण र गीताः समलोचनात्मक प्रस्तुति. (2023). GMMC Journal of Interdisciplinary Studies, 8(1), 88-96. https://gmmcjournal.edu.np/index.php/journal/article/view/45

Most read articles by the same author(s)

1 2 3 4 5 > >>