खसानी भाषिका र त्यसमा मगर पाङको प्रभाव

Authors

  • Lalmani Pokhrel Gupteshwor Mahadev Multiple Campus, Pokhara Author

Keywords:

मानक, जनजिब्रो, मगर पाङ, खसानी, क्षेत्रिय र सामाजिक भाषिका

Abstract

खसानी नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका भेरी र राप्ती अञ्चलका क्रमशः जाजरकोट, दैलेख,
सुर्खेत, रोल्पा, रुकुम, सल्यान, दाङ, प्यूठान र त्यस आसपासका क्षेत्रमा बोलिने गर्दछ । पूर्वेली भाषिकाअन्तर्गत
पर्ने यस उपभाषिकाका आफ्नै मौलिक पहिचान तथा विशेषता छन् जसका बारेमा नेपाली भाषाविद्हरूले
अध्ययन गरेका छन् । नेपालमा प्रयुक्त नेपाली भाषाका सम्पूर्ण क्षेत्रीय भाषिकाहरूको अध्ययन गरिए पनि
देशभित्र बोलिने विविध भाषाले नेपाली तथा यसका भाषिकालाई केकस्तो प्रभाव पारेका छन् भन्ने विषयमा
खासै अध्ययन हुन सकेका छैनन् । प्रस्तुत अध्ययनमा खसानी भाषिका (मुख्य प्रयोग क्षेत्र रोल्पा, प्यूठान र दाङ)
लाई उक्त क्षेत्रमा बोलिने मगर पाङले केकस्तो प्रभाव पारेको छ भनी अध्ययन गर्ने प्रयत्न गरिएको छ । क्षेत्रीय
अध्ययन पद्धति अवलम्बन गरी गरिएको प्रस्तुत अध्ययन कार्यमा मुख्यतः रोल्पा, दाङ र प्यूठान जिल्लाका
विभिन्न स्थानहरू छनौट गरी उक्त स्थलमा बोलिने नेपाली सामाजिक भाषिकाको मौलिक स्वरूप पहिचान
गर्ने र तत्तत् क्षेत्रमा बसोबास गर्ने मानिसहरूको भाषामा मगर पाङले के कस्तो प्रभाव पारेको छ भनी हेर्ने प्रयत्न
गरिएको छ । प्रस्तुत अध्ययन कार्यबाट खसानी भाषिकामा मगर पाङले पारेको प्रभावका सम्बन्धमा जानकारी
राख्न चाहने विद्वत्वर्ग लाभान्वित हुनेछन् भन्ने उद्देश्य राखिएको छ ।

Downloads

Published

2020-12-30

How to Cite

खसानी भाषिका र त्यसमा मगर पाङको प्रभाव. (2020). GMMC Journal of Interdisciplinary Studies, 9(1), 130-149. https://gmmcjournal.edu.np/index.php/journal/article/view/36

Similar Articles

You may also start an advanced similarity search for this article.